काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बुधवार अपरान्ह १ बजे पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बस्ने भएको छ ।
पार्टीका कार्यालय सचिव गणेशमान पुनका अनुसार बैठकमा पदाधिकारी बैठकले प्रस्ताव गरेका विषय अनुमोदनका लागि स्थायी समितिमा लगिनेछ ।
माओवादी केन्द्रको पछिल्लो पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए । आज सम्भवतः यही विषयमा छलफल हुने पुनले जानकारी गराए ।
पदाधिकारी बैठकले विशेष महाधिवेशन गर्ने निर्णय गरेसँगै अहिले नै केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समिति बनाउने प्रचण्डको प्रस्ताव छ । आज मूलतः यही विषयमा छलफल हुने पुनको दाबी छ ।
पुनले भने पदाधिकारी बैठकको प्रस्तावलाई स्थायी समितिबाट अनुमोदन गरेर केन्द्रीय समिति बैठकमा लैजाने बताए ।