अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको छ । 

पछिल्लो समय निर्वाचन गराउन, आगलागी र तोडफोडको पुन: निर्माणका लागी वित्तीय व्यवस्था गर्नुपर्ने दवावमा रहेको सरकारले खर्च घटाउने योजना बनाउँदै मन्त्रिपरिषद् बैठकबाटै यस्तो निर्णय भएको हो ।

प्रधानमन्त्री कार्यालयका अनुसार संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह लगायतका निकायको खर्चमा अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक लगाएको हो । 

नेपाल सरकारको प्रतिनिधित्व अनिवार्य भएको अन्तर्राष्ट्रिय बैठकमा राष्ट्रपति वा प्रधानमन्त्रीको नेतृत्वमा हुने प्रतिनिधिमण्डलमा १० धेरै सदस्य रहन नपाउने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

सरकारले तालिम तथा गोष्ठीहरू सकेसम्म अनलाइन गर्ने र भौतिक उपस्थितिमा गर्नै पर्ने अवस्थामा सरकारी हलहरूमा गर्ने निर्णय गरेको छ ।

Share News