५८ अंकले बढ्यो नेप्से, ८ कम्पनीमा लाग्यो सर्किट

काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्स (नेप्से) परिसूचक ५८ अंकले बढेर २६८२ बिन्दुमा पुगेको छ । 

आज २३८ कम्पनीको सेयर मूल्य बढ्दा १४ कम्पनीको घटेको छ ।

मंगलबार ३२८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै, युनिर्भसल पावर कम्पनीको १८ करोड, हिमालयन डिस्टीलरीको १८ करोड, शिवम् सिमेन्टको १६ करोड र हिमालयन रिइन्स्योरेन्सको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबारको कारोबारमा बैंकिङ १.३८, विकास बैंक २.९५, फाइनान्स २.१२, होटल तथा पर्यटन २.७८, हाइड्रोपावर ३.३०, लगानी १.६६, जीवन बीमा २.३१, उत्पादन तथा प्रशोधन १.१२, माइक्रोफाइनान्स २.५४, अन्य २.५१ तथा व्यापार समूह १.८३ प्रतिशतले बढेको छ । 

आज ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सप्तकोशी डेभलपमेन्ट बैंक, जोशी हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भुगोल इनर्जी डेभलपमेन्ट, एसियन हाइड्रोपावर र हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
 

Share News