काठमाडौं । एकसाता लामो सेनाको शिवपुरी ब्यारेकमा बसेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार सार्वजनिक भएका छन्।
अध्यक्ष ओली भक्तपुरको गुन्डुस्थित भाडाको निवासमा उपस्थित भएका नेता तथा कार्यकर्ताहरू बीचमा सार्वजनिक भएका हुन् ।
उनी सार्वजनिक हुने कार्यक्रममा एमालेका धेरै नेता कार्यकर्ता उपस्थित भएका थिए ।
यद्यपि ओलीले केही पनि सम्बोधन गरेनन् । नेता तथा कार्यकर्तालाई कुनै सम्बोधन नगरेका ओलीले पत्रकारहरूलाई पनि कुनै प्रतिक्रिया दिएनन् ।