कारागार फर्किए टोपबहादुर

काठमाडौं । भदौ २४ गते कारागारमा आक्रमण भएपछि कारागारबाट निस्किएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कारागार फर्किएका छन् । 

कारागारले बाहिरिएका कैदीबन्दीलाई फर्किन आह्वान गरेपछि कारागारको सम्पर्कमा आएका रायमाझी सोमबार साँझ कारागार फर्किएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रायमाझी आफै कारागार फर्किएको कारागार विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए ।

उनका अनुसार रायमाझी बाहिर रहँदा पनि कारागारको सम्पर्कमै थिए । पूर्वउपप्रधान तथा ऊर्जामन्त्री रहेका रायमाझी २०६४ चैत्रमा भएको पहिलो संविधानसभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित संविधान सभा सदस्य हुन् । 

त्यसयता रायमाझीले अर्घाखाँचीबाट निरन्तर निर्वाचन जित्दै आएका थिए ।

रायमाझीसहित पूर्वगृहसचिव टेकनारायण पाण्डे पनि उक्त कारागारमा पुर्पक्षका लागि थुनामा रहेका छन् । 

Share News