शिक्षामन्त्री पुनले गरे पदभार ग्रहण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शितलनिवासमा मन्त्रीको शपथग्रहण गरेपछि उनी केशरमहलस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयमा  क्षति भएपछि नयाँ शिक्षामन्त्रीको कार्यकक्ष केशर महलमा बनाइएको हो ।

मन्त्री पुनले शपथग्रहणपछि सञ्चारकर्मीहरूसँगको प्रतिक्रियामा तत्कालै खास योजना केही नरहेको बताएका थिए।

पुनसँगै आज अन्य तीन मन्त्रीले पनि पदभार ग्रहण गरेका थिए ।

Share News