नवनियुक्त मन्त्रीहरूको शपथ अपरान्ह ३ बजे

काठमाडौं । नेपाल सरकारका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण कार्यक्रम सोमबार अपरान्ह ३ बजे हुने भएको छ । 

यसअघि २ बजेका लागि समय उपलब्ध गराइएकोमा समय अभावका कारण ३ बजेका लागि समय तय गरिएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कोइरालाका अनुसार प्रधानमन्त्रीको आग्रहमा अपरान्ह ३ बजेका लागि शपथ कार्यक्रमको आयोजना गरिएको हो ।

Share News