चितवन । लगातारको वर्षापछि खसेको पहिरोका कारण ४४ घण्टादेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी रूपमा खुलेको छ ।
पहिरो पन्छाउने कार्य तीव्र पारिएपछि आइतबार अपरान्ह सवा चार बजेबाट यातायात पुनः सञ्चालनमा आएको सडक डिभिजन भरतपुरका डिभिजन प्रमुख नारायण लामिछानेले जानकारी दिए ।
यद्यपि माथिबाट ढुंगा र माटो खसिरहने सम्भावना भएकाले यात्रु र चालकलाई सतर्क रहन आग्रह गरिएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–६ तुइन खोला पुलनजिकै शुक्रबार साँझ खसेको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएपछि सयौं सवारीसाधन र हजारौं यात्रु बीच बाटोमै अलपत्र परेका थिए ।
मुग्लिन-नारायणगढ सडक ४४ घण्टादेखि अवरुद्ध