मन्त्री घिसिङको दावी– मन्त्रीपरिषद्ले चाँडै पूर्णता पाउँछ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं शहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्रीपरिषदले चाँडै पूर्णता पाउने बताएका छन् ।

शुक्रवार काठमाडौंको नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागको परिसरमा सरसफाई तथा पुनर्निर्माण अभियानको शुभारम्भ गर्ने क्रममा उनले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन् ।

मन्त्री घिसिङले मन्त्रीपरिषदलाई पूर्णता दिने काममा ढिलाइ नहुने कुरा प्रधानमन्त्री सुशीला कार्कीले आफूहरूसँग गरेको पनि बताए । 

सम्बन्धित पक्षसँग वार्ता छिटो टुंग्याएर मन्त्रीपरिषद्लाई प्रधानमन्त्री कार्कीले छिट्टै पूर्णता दिनुहुने उनको भनाइ थियो । 
मन्त्री घिसिङले सरकारले आफूले गर्नुपर्ने पुनर्निर्माण लगायतको काम शुरु गरिसकेको पनि बताए । 

त्यस अवसरमा उनले जेनजी आन्दोलनको क्रममा ध्वस्त भएका संरचना निर्माणमा जुट्न पनि सबैलाई आह्वानसमेत गरे ।

Share News