चिनियाँ राजदूत चेन सोङले गरे प्रधानमन्त्री कार्कीसँग भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत छेन सोङले शिष्टाचार भेट गरेका छन् । 
बिहीवार प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पुगेर राजदूत छेनले प्रधानमन्त्रीलाई बधाई ज्ञापनसमेत गरेका छन् ।

चीनले नेपालसँग कायम रहेको न्यानो र मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा पनि कायम रहने विश्वास व्यक्त गरेको बताइएको छ ।

Share News