लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

काठमाडौं । लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले गत भदौ ३१ गते राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु छैठौं अधिवेशन अन्त्य गरेको सूचना अधिकारी गिरीराज खनालले जानकारी दिए ।

प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले बिहीबार सूचना जारी गर्दै चालु छैटौं अधिवेशन अन्त्य भएको जानकारी गराएका हुन् । सूचना अधिकारी खनालका अनुसार भदौ ३१ मै सभाको अन्त्य भएपनि सूचना आज देखिएको हो ।

नेपालको संविधान २०७२ को धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख घर्तीमगरले अधिवेशन अन्त्य गरेको जनाएका छन् । 

घर्तीमगरले लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ उपनियम ३ बमोजिम प्रदेशसभा सदस्यलाई अधिवेशन अन्त्य भएको जानकारीका लागि सूचना प्रकाशित गरिएको सूचनामा उल्लेख  गरेका छन् । 

null

Share News