विदेशमा बस्न पाउने नेपालीले पनि मतदान गर्न पाउने

काठमाडौं । बिदेशमा बस्ने नेपालीले आगामी प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न पाउने सम्भावना बढेको छ । 

बिहीबार निर्वाचन आयोगमा छलफल गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा बस्ने नेपालीले मतदान गर्न पाउनुपर्ने बताए । 

गृहमन्त्री अर्यालले कम्तीमा पनि समानुपातिकतर्फ मात्रै भएपनि मतदानको व्यवस्था मिलाउनुपर्ने बताएका हुन् ।

आयोगले गाँठो फुकाओस र सरकारले आवश्यक अध्यादेश् ल्याएर भए पनि विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने उनको भनाइ छ ।

अधिवक्तासमेत रहेका गृहमन्त्री अर्यालले सर्वोच्च अदालतको आदेशअनुसार सकेसम्म सबै देशमा रहेका नेपालीलाई मतदानको अवसर दिलाउने पनि बताए ।

Share News