काठमाडौं । नेकपा एमालेले दशौं संविधान दिवस भव्य रूपमा मनाउन आह्वान गरेको छ । पार्टीका महासचिव शंकर पोखरेलले संविधान दिवस मनाउन सबै जिल्ला तथा प्रदेश कमिटीहरूलाई संविधान दिवस मनाउन आह्वान गरेका छन् ।
उनले पठाएको सर्कुलरमा आन्दोलनका नाममा संवैधानिक व्यवस्थालाई कमजोर बनाउन सुनियोजित षड्यन्त्र भइरहेको उल्लेख गर्दै संविधान दिवस भव्यरूपमा मनाउन निर्देशन गरेका छन् ।
पोखरेलले निर्देशनमा भनेका छन्, ‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि संविधान दिवसको कार्यक्रम आयोजना गरिएको हो ।’
नेकपा एमालेले काठमाडौंको हकमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ८ बजे संविधान दिवस मनाउने भएको छ ।
अन्यको हकमा पार्टीका प्रदेश तथा जिल्ला कार्यालयमा दशौं संविधान दिवस मनाउने तयारी गरेको छ ।
