काठमाडौं । नेपालको युवापुस्ता ‘जेनजी’ को साहस र नेतृत्वले राष्ट्रको इतिहासमा नयाँ अध्याय सुरु भएको भन्दै लेमिनार टायल्सले शहीदहरूको बलिदानलाई स्मरण गर्दै परिवर्तनलाई स्वागत गरेको छ ।
कम्पनीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हामी सबै नेपालीसँग मिलेर यो परिवर्तनलाई स्वागत गर्दछौं । यो यात्राले अझ ठूलो एकता, शान्ति र समृद्धि ल्याओस् भन्ने हाम्रो कामना छ।’
लामिनार टायल्सले प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीलाई बधाई दिंदै नेपाललाई उज्ज्वल भविष्यतर्फ अघि बढाउन उनलाई सबैको सद्भाव र समर्थन मिलोस् भन्ने शुभकामना पनि व्यक्त गरेको छ ।
स्वदेशी ब्रान्डका रूपमा लामिनार टायल्सले पुन: निर्माण, प्रगति र सबैका लागि अझै राम्रो भोलिको यात्रामा निरन्तर योगदान दिने प्रतिबद्धतासमेत जनाएको छ ।