काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
सोमबार प्रतितोला दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार तोलामा एक हजार ९०० रुपैयाँ बढेर दुई लाख १७ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य तोलाको दुई हजार ५९५ रुपैयाँ पुगेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँ बढेको हो । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६८३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।