काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङले अहिले देश गम्भीर अवस्था रहेको बताएका छन् । सोमबार सपथ ग्रहण गर्दै जेनजी आन्दोलनमा मृत्यु भएका परिवारलाई भेट्न पुगेका घिसिङले देश गम्भीर अवस्थामा रहेको र सबैले सुझबुझ भएर काम गर्नु पर्ने धारणा राखे ।
उनले सबैको इच्छाअनुसार सरकारले काम गर्ने बताउँदै धैर्य गर्न आवश्यक रहेको सुनाए । उनले सरकारले सबै शहीद परिवारलाई भेट्ने पनि प्रतिबद्धता गरेका छन् ।
उनले पदभार अगाडि नै शहीद परिवारलाई भेट्न गएका थिए ।