काठमाडौं । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा मारिएकाहरूको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने बताएका छन् ।
मन्त्री अर्यालले पदभार ग्रहण गर्दै यस्तो बताएका हुन् । उनले आफ्नो घोषणालाई तुरुन्तै मन्त्रिपरिषद बैठक बसेर अनुमोदन गरी कार्यान्वयन गर्ने जानकारी दिए ।
आन्दोलन क्रममा ज्यान गुमाएका परिवारलाई काजकिरिया खर्चवापत प्रति परिवार रु एक लाख उपलब्ध गराउने तथा मृतकको शव घर ठेगानासम्म पुर्याउने निर्णय पनि उनले गरेका छन् ।
मन्त्री अर्याललाई मन्त्रालयमा गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, निमित्त राष्ट्रिय अनुसन्धान निर्देशकलगायतले स्वागत गरेका थिए ।
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट अर्यालले आजै बिहान शपथ लिई पदभार ग्रहण गरेका हुन् ।
अर्याल अधिवक्ता हुन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान दुरुपयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिको अयोग्यतासम्बन्धी मुद्दामा पुनरावेदन हालेपछि उनी चर्चामा आएका थिए ।
राष्ट्रपतिबाट तीन मन्त्रीले लिए शपथ