तोलामा ७ सयले घट्यो सुनको मोल

काठमाडौं । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मोल रु दुई लाख १५ हजार १०० र प्रतितोला चाँदीको मोल दुई हजार ५७० रुपैयाँ कायम भएको छ । 

गत शुक्रबार एक तोला सुन दुई लाख १५ हजार ८०० रुपैयाँमा किनबेच भएको थियोभने सोही परिमाणको चाँदी दुई हजार ५६५ रुपैयाँमा खरिदबिक्री भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन तीन हजार छ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 
 

Share News