काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो पहिलो निर्णय संसद् (प्रतिनिधि सभा) विघटन गरेकी छन् ।
शुक्रबार राति पद तथा गोपनीयताको शपथ ग्रहण समारोहपछि शीतल निवासमै बसेको पहिलो मन्त्रिपरिषद् बैठकले संसद् विघटन गर्ने निर्णय गरेको हो ।
कार्कीको अन्तरिम मन्त्रीपरिषदमा अन्य सदस्य नियुक्त नभएकाले उनी एक्लैको बैठकले संसद विघटन गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्रीले संसद् विघटनको सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले त्यसलाई सदर गरेका छन् ।
त्यस्तै, फागुन २१ गतेका लागि चुनावको मिति समेत तोकिएको छ । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले चुनावको मिति घोषणा गरेका हुन् ।
