प्रधानमन्त्री कार्कीको पदभार ग्रहण आइतबार हुने, किन रोकियो एकाएक ?

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शुशीला कार्कीको पदभार ग्रहण आइतबार हुने भएको छ । उनले राष्ट्रपति निवास शितल निवासबाट सपथ लिएर सिंहदरबारका लागि हिँडे पनि उनले आइतबार मात्रै पदभार ग्रहण गर्ने योजना बनाएकी हुन् । 

यसअघि आजै पदभार हुने भनिए पनि एकाएक पदभार रोकिएको छ । यसको कारण भने खुल्न सकेको छैन । 

अहिलेका लागि उनले सबै मन्त्रालय आफूले नै सम्हालेकी छन् । शुक्रबार प्रधानमन्त्रीको सपथपछि उनले सबै मन्त्रालय आफूले सम्हाल्ने भएकी हुन् । 

अब आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ । 

Share News