संसद् विघटनतर्फको अग्रसरता विडम्बनापूर्ण, खबरदारी गरौंः शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संसद् विघटनतर्फको अग्रसरता विडम्बनापूर्ण रहेको बताएका छन् । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की नियुक्त र संसद विघटन गर्ने सहमति पछि सबैलाई खबरदारी गर्न आग्रह गरे । 

हालको राजनीतिक परिस्थितिबारे चिन्ता व्यक्त गर्दै संसद् विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय भएको उनको भनाइ छ । 

‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो। त्यसैले सतर्क रहौं, खबरदारी गरौं,’ पोखरेलको अपील छ ।

Share News