नेपाल बारले भन्यो : सुशीला कार्कीको नियुक्ति असंबैधानिक

काठमाडौं । नेपाल बार एसोशिएसनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु असंवैधानिक भएको प्रतिक्रिया दिएको छ । नेपाल बारले उनको नियुक्ति नेपालको संविधान २०७२  विपरीत भएको बताएको हो । 

बारका अध्यक्ष वरिष्ठ अधिवक्ता डा. विजय प्रकाश मिश्रले नेपालको संविधानले पूर्वप्रधानन्यायाधीशलाई संवैधानिक आयोग बाहेक अन्यत्र  नियुक्ति नगर्ने स्पष्ट व्यवस्था गरेको भएपनि अहिलेको नियुक्ति गैरकानूनी भएको बताएका हुन् । 

नेपालको संविधानले प्रधानमन्त्री  बन्न प्रतिनिधि सभा सदस्य हुनै पर्ने बाध्यकारी व्यवस्था गरेको मिश्रले बताए । उक्त बाध्यकारी प्रावधान न विपरीत भएको नियुक्तिलाई कुनै पनि हालतमा संवैधानिक मान्न नसकिने अध्यक्ष मिश्रले बताए ।

यस्तै, प्रतिनिधि सभा विघटन वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले पनि यो नियुक्ति असंवैधानिक भएको बताए । विकासन्युजलाई प्रतिक्रिया दिँदै भट्टराईले नयाँ सरकारको पहिलो काम नै असंवैधानिक भएको तर्क दिए । 

जेनजी आन्दोलनपछि गठित सरकारले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक बाटो रोजेको वरिष्ठ अधिवक्ता भट्टराईको धारणा छ । 
 

Share News