काठमाडौं । व्यवस्थापिका संसदका दुई प्रमुखहरू संविधानको रक्षामा सक्रिय भएका छन् । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्त वक्तव्य जारी गर्दै संविधानको रक्षामा सक्रिय भएको बताएका हुन् ।
पछिल्लो समयमा गहिरिँदै गएको संकटको समाधान संवैधानिक बाटोबाट खोजिनुपर्नेमा घिमिरे र दाहालले जोड दिएका छन् ।
विधिको शासन र संविधानवादबाट बाहिर जान नहुनेमा जोड दिँदै आन्दोलनरत पक्षका माग सम्बोधन गर्न समेत घिमिरे र दाहालले आग्रह गरेका छन् ।
उनीहरूले संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपति रामचन्द्र पौडेल सक्रिय रहेको पनि बताएका छन् ।
संविधान संशोधनपछि निर्वाचन, सुरूमै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री
