भाटभटेनीले भन्यो :  हामी छिट्टै उठ्दै छौं, थप मजबुद बन्दैछौं

काठमाडौं । भाटभटेनी डिपार्टमेन्टल स्टोरले छिट्टै लयमा आउने बताएको छ । डिपार्टमेन्टल स्टोरले सामाजिक सञ्जालमार्फत् आन्दोलनमा धेरै स्टोहरु ध्वस्त भए पनि छिट्टै उपभोक्ताको सेवामा समर्पित हुने बताएको हो । 

भाटभटेनीले भनेको छ, ‘दुःखद क्षणहरू गुज्रिए, तर आशा हराएको छैन । आज हाम्रो स्टोरहरु ध्वस्त भए पनि, तपाईंहरूको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौं । हजारौँ सहयोगी हातहरूले सफा गर्न मद्दत गरिरहेका छन्, आँसु पुछिरहेका छन्, र हामीलाई फेरि उठ्न शक्ति दिइरहेका छन् ।  भाट–भटेनी फेरि उभिनेछ । तपाईंहरूको साथमा, हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौं ।’

जेनजी आन्दोलनमा भाटभटेनीका १२ वटा स्टोर आगजनी गरिएका छन् भने ९ वटामा लुटपाट भएको जानकारी दिएको छ । नक्साल भाटभटेनी, महाराजगञ्ज, बौद्ध, कोटेश्वर, बालुवाटारस्थित वेयर हाउस, पोखरा, चितवन, हेटौंडा, बिर्तामोड, दमक, विराटनगर र धरानमा रहेका स्टोरमा लुटपाट र आगजनी गरी पूर्ण नष्ट गरिएको भाटभटेनीले जानकारी दिएको छ । 

Share News