काठमाडौं । नेपाली सेनाले फेरि निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेको छ । सेनाले अहिले सूचना जारी गर्दै काठमाडौं, भक्तपुर र ललितपुरमा भोलि पनि दिनभर निषेधाज्ञा र राति कर्फ्यू लाग्ने जानकारी दिएको हो ।
सार्वजनिक भएको विज्ञप्तिका अनुसार, भोलि (भदौ २७) गते बिहान ११ बजेबाट बेलुकी ५ बजेसम्म निषेधाज्ञा लाग्नेछ । त्यस्तै, साँझ ७ बजेबाट रातभर कर्फ्यू आदेश जारी गरिएको छ ।
सेनाले बिहान र साँझ अतिआवश्यक कामका लागि बाहिर निस्कन पाइने बताएको छ । बिहान ६ देखि ११ बजे र साँझ ५ देखि ७ बजेसम्मको समयमा भने अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने सूचनामा उल्लेख छ ।
