काठमाडौं । प्रहरीले देशभरिका विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।
प्रहरी प्रधान कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै सम्पर्कमा आउन अनुरोध गरेको हो ।
जेनजीको प्रदर्शनको क्रममा प्रहरीका विभिन्न कार्यालय र इकाई तथा कारागारबाट फरार भएका कैदीबन्दीहरूलाई सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको हो ।
