गल्ती स्वीकार गर्दै गगन थापाले गरे जेनजीलाई संयमित हुन आग्रह (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी समूहलाई सम्हालिएर अघि बढ्न आग्रह गरेका छन्। 

बिहीबार सामाजिक सञ्जालमार्फत उनले जेनजी समूहलाई संयमित हुन आग्रह गरेका हुन् ।

उनले राखेको भिडियोमा भनिएको छ, ‘बिग्रन दिन हुँदैन । सम्हालेर लिएर जानुपर्छ । संयमित भएर सोचिदिनुहोला ।’

महामन्त्री थापाले आफूहरूबाट गल्ती भएको र कमजोरीप्रति माफी माग्दै सुध्रने वाचासमेत गरेका छन् ।

उनले भनेका छन्, ‘हामीबाट जे गल्ती, कमजोरी भएका छन्, त्यसका लागि माफी माग्छु । सुध्रने वाचा गर्छु ।झ्

उनले जेनजीको फ्रस्ट्रेसन बुझ्ने भन्दै आफूले गर्न नसकेकोमा पनि माफी मागेका छन् ।

थापाले शीर्ष तीन नेता नहटाई देश चल्दैन भन्ने कुरा पहिलादेखि नै भन्दै आएको पनि बताए ।

Share News