प्रधानमन्त्रीमा सुशीला कार्कीलाई बालेनको समर्थन, संसद् विघटन गर्नुपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन जनाएका छन् । जेनजी प्रतिनिधिले अन्तरिम सरकार नेतृत्वका लागि प्रस्ताव गरेको भन्दै मेयर बालेनले  कार्कीलाई समर्थन गरेका हुन् । 

साथै, उनले कार्की प्रधानमन्त्री बन्नु अघि संसद् विघटन गर्नुपर्ने उनले बताए । 

‘जेनजीहरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसद् विघटन अविलम्ब गर्नु होला,’ उनले राष्ट्रपतिलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

बुधबार दिउँसो जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव गरिएको थियो । 

https://www.facebook.com/share/p/1JZ4wEaudr/

 

Share News