अन्तरिम सरकारको प्रधानमन्त्री शुशीलालाई बनाउने प्रस्तावमा मतभेद, भोली सम्पर्कमा आउन सेनाको आग्रह

काठमाडौं । जेनजीहरुले अन्तरिम सरकारको नेतृत्व शुशीला कार्कीलाई दिने प्रस्ताव गरे पनि केही जेनजीले भने असन्तुष्टि जनाएका छन् । 

जेनजीहरुबीच नै नेतृत्वकर्ताको विषयमा असन्तुष्टि हुँदा नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय पनि पेचिलो बनेको छ । सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै केही जेनजीहरूले जंग्गीअड्डाबाहिर नाराबाजी पनि गरिरहोका छन् । 

जेनजीहरुबीच नै कुरा नमिलेपछि सेनाले बिहीबार बिहान सम्पर्कमा आउन आग्रह गरेको छ । जंगीअड्डा बाहिर नेपाली सेनाका प्रतिनिधिले माइकिङ गरेर भोलि बिहान सम्पर्कमा आउन आग्रह गरेका हुन् ।  

‘को को हुनुहुन्छ नेतृत्वकर्ता, कतिजना हुनुहुन्छ, त्यो ग्रुपबाट फोन नम्बर र नामसहित भोलि बिहान सम्पर्क गर्नुहोला,’ सेनाका प्रतिनिधिले माइकिङ गरेर भने । 

Share News