भाटभटेनीका १२ वटा स्टोर ध्वस्त, ९ वटामा लुटपाट

अर्बौ रुपैयाँ बराबर नोक्सान

काठमाडौं । जेनजीका नाममा भदौ २४ गते अराजकबादीले गरेको आगलागीबाट भाटभटेनी सुपरमार्केट्सका १२ वटा स्टोर ध्वस्त भएका छन् । घण्टौसम्म आगो निभाउने कार्य नभएकाले यी भवनहरू पुनर्निर्माण गर्नुपर्ने गरी नष्ट भएको बताइएको छ । 

कम्पनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार थप ९ वटा भाटभटेनी सुपरमार्केट्स स्टोरमा लुटपाट भएका छन् । ७ वटा स्टोर भने सुरक्षित रहेका छन् । 

उक्त घटनामा अर्बौ रुपैयाँ बराबर नोक्सान भएको प्रारम्भिक अनुमान छ । तोडफोड, आगलागी र लुटपाटबाट हुने क्षतिको पूर्ण विवरण संकलन कार्य भइरहेको पौडेलले बताए ।

भाटभटेनी सुपरमार्केट्स नेपालको सबैभन्दा ठूलो रिटेलर हो । जेनजी पुस्ताको सपिङ डेस्टिनेसन बनेको भाटभटेनीमाथि जेनजीकै नाममा अराजकवादीहरुले तोडफोड, लुटपाट र आगजनी गरेको हो । 

Share News