तनावग्रस्त अवस्थामा देशभरका कारागार : हजौरौं कैदी भागे, आगजनी र तोडफोड बढ्दै

अधिकांश कारागार खाली

काठमाडौं । जेनजीको दुई दिने आन्दोलनपछि देशभरका कारागार तनावग्रस्त बनेका छन् । मंगलबार ललितपुरमा रहेको नख्खु कारागरबाट सात सय बढी कैदी बन्दी कारागारबाट घर फर्किएपछि देशभरका अन्य कारागारका कैदीकन्दीले पनि आफूहरु पनि बाहिरि आउनु पर्ने माग राख्दै आगजनी तथा तोडफोड गरेका छन् । 

काठमाडौंमा रहेको डिल्लीबजार कारागारमा बिहानैदेखि तनावग्रस्त अवस्था छ । त्यहाँका कैदीबन्दीले बिहानैदेखि तोडफोड तथा आगजनी गरेका छन् । उनीहरुले आफूहरु पनि बाहिर आउन पाउनुपर्ने माग राख्दै आगजनी गरेका छन् । आगजनीपछि त्यहाँबाट अन्यत्र सार्ने काम भइरहेको छ । ठूलो संख्यामा सेना परिचालन भइरहेको छ । 


यस्तै, भक्तपुर कारागाबाट पनि कैदीबन्दी भागेको जानकारी प्राप्त भएको छ । विभिन्न कारागारका कैदीबन्दी आज भित्रै आन्दोलन गरिरहेको जानकारी प्राप्त भएको छ । 

मंगलबारमात्रै सुदूरपश्चिमका सबै जिल्लाका कारागारबाट कैदीबन्दी भागेका छन् । सुदूरपश्चिममा बाजुरा बाहेकका सबै कारागारबाट कैदीबन्दी भागेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) डम्बर विश्वकर्माले ८ वटा कारागारबाट करिब १४०० कैदीबन्दी भागेको बताए । सबै जिल्ला कारागारका कैदीबन्दी भागेपछि कारागार नै खाली भएको उनले बताए । 

उनका अनुसार कञ्चनपुरबाट ४५० जना, बझाङबाट ६५ जना र कैलालीबाट सात सय जना र बैतडीबाट ६२ जना कैदी भागेका छन् । 

यस्तै, सुनसरीको झुम्का कारागारबाट १५ सय ७५ कैदी, रौतहटको गौर कारागारबाट २६० जना, चितवनबाट ७०० जना, रुकुम पश्चिमबाट ७२ जना, सोलुखुम्बुबाट ८६ जना, दाङ तुल्सिपुरबाट १२४ जना, जुम्लाबाट ३६ जना, म्याग्दीबाट ७६ जना, जलेश्वर कारागारबाट ५७६ जना र कास्कीबाट ७७३ जना कैदीबन्दी भागेको सूचना प्राप्त भएको छ । 

केन्द्रीय कारागार सुन्धाराबाट पनि कैदीबन्दी भागेको बताइएको छ । 
 

Share News