काठमाडौं । डिल्लीबजार कारागारबाट कैदीबन्दीलाई सारिएको छ । कैदीबन्दीहरुले कारागारमै आगजनी गरेपछि कारागार प्रशासनले कैदीलाई अर्कै कारागारमा सारेको हो ।
कैदीबन्दीहरुले आफूहरु पनि बाहिर निस्क्न पाउनुपर्ने भन्दै आगजनी तथा तोडफोड गरेका थिए ।
कैदीबन्दी आगजनी र तोडफोडमा उत्रिएपछि अहिले कारागारको सुरक्षा सेनाले गरेको छ । कैदीबन्दीलाई सार्दा सेनाले बन्दुक नै तेर्साएर सुरक्षाको माहोल बनाइरहेको छ । तनावग्रस्त अवस्थामा सेनाले कारागारमा सुरक्षा दिइरहेको छ ।
कैदीलाई भाग्न नदिनका लागि उनीहरुले सुरक्षा सतर्कता अपनाएको बताएका छन् । आगो निभाउन दमकल पनि कारागारमा पुगेका छन् ।






