काठमाडौं । डिल्ली बजार काराबारगमा कैदीहरुले आगजनी तथा तोडफोड गरेका छन् ।
कारागार परिसरमा उपस्थित हाम्रा संवाददाताका अनुसार कैदीहरुले भित्र आगजनी तथा तोडफोड गरेका हुन् । कैदीहरुले कारागारभित्र तोडफोड गर्दा अहिले त्यहाँको माहोल तनावग्रस्त भएको छ ।
अहिले ठूलो संख्यामा नेपाली सेना परिचालन भएको छ । सेनाले माहोललाई आफ्नो नियन्त्रणमा लिन प्रयास गरिरहेको छ ।