काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेत्रलाल अभागीको कविता सेयर गर्दै संयमित बन्न आग्रह गरेका छन् । बुधबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले धैर्य गर्न र संयमित बन्न आग्रह गरे ।
उनले आफूहरू फेरि उठ्ने विश्वास गरेका छन् । ‘धैर्य गरौँ, संयमित बनौँ, हामी फेरि उठ्ने छौं,’ उनले लेखेका छन् ।
'आँधी र हुरी नचलेको बेला, वातावरण स्तब्ध र शान्त भएको घडीमा एउटा नर्कट पनि छाती खोलेर ठिङ्ग उभिन सक्छ,' उनले सेयर गरेको कवितामा उल्लेख छ ।
उनले अगाडि लेखेका छन्, ‘एउटा कायरले पनि बहादुरीका लामा लामा कुरा गर्न सक्छ तर, मेरा मित्र आँधी र हुरी चलिरहेको बेलामा, वातावरण गतिशील र अशान्त भएको घडीमा, पहाडको चुचुरोमाथि आँधी र हुरीसँग पौठेजोरी खेल्दै एउटा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ ।’