काठमाडौं । प्रधान सेनापति महारथी अशोक सिग्देलले प्रदर्शनकारीलाई सहमतिमा आउन आग्रह गरेका छन् । मंगलबार राति नागरिकका नाममा सम्बोधन गर्दै उनले सबैको सहकार्यले देशको विकास हुने भएकोले वर्तमान परिस्थिति र समस्याको समाधान गर्न वार्तातमा आउन आग्रह गरेका हुन् ।
उनले देशको सांस्कृति सम्पर्दा, निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति नगर्न पनि आग्रह गरेका छन् । उनले नेपाली सेना देशको रक्षाका लागि तत्पर रहेको पनि बताएका छन् ।