काठमाडौं । झापाको दमकस्थित रहेको दमक भ्यू टावरमा पनि जेनजी प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।
उनीहरूले मंगलबार भ्यु टावरमा आगजनी गरेका हुन् ।
जेनजीहरूले देशभरका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् ।
उनीहरूले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालतलगायतका ठाउँमा आगजनी गरिसकेका छन् ।