काठमाडौं । वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले प्रदर्शनमा रहेका जेनजीलाई संयमित हुन आग्रह गरिएको छ ।
सार्वजनिक सम्पत्ति तोडफोडमा उत्रिएका जेनजीहरूलाई असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेकाले संयम हुन आग्रह गरेका हुन् । सामाजिक सञ्जालमा विशेष अनुरोध गर्दै डा. रुइतले युवाहरूलाई आग्रह गरेका हुन् ।
उनले लेखेका छन्, ‘परिवर्तनका लागि सडकमा विरोध प्रदर्शन गरिरहनुभएका भाइबहिनीहरू तपाइले देखाउनुभएको आदम्य साहसका कारण असहिष्णु र भ्रष्ट राजनीति नेतृत्व पछाडि हटिसकेको छ । यस्तो अवस्थामा सार्वजनिक सम्पतीमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन ।’
डा. रुइतले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व भएकाले सार्वजनिक सम्पत्तिको नोक्सानी नगर्न आग्रह गरेका हुन् ।
