जेनजीले प्रकाशमान सिंहको घरसहित ६ वटा गाडी जलाए

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको ठमेल चाक्सीबारीस्थित घरमा जेनजीले आगजनी गरेका छन् । जेनजीले सिंहको निवास र ६ वटा गाडी जलाएका हुन् ।

नेता सिंह र उनको परिवारका सदस्यहरूलाई भने सुरक्षाकर्मीले पहिल्यै सुरक्षित स्थानमा पठाएका थिए ।  सिंह नेपाली सेनाको सुरक्षामा छन् ।

आक्रोशित समूह सिंह निवासमा प्रवेश गरेपछि सुरक्षाकर्मीले रोक्न सकेका थिएनन् । त्यसपछि जेनजीले सिंह निवासमा आगो लगाएका थिए । 

Share News