काठमाडौं । काठमाडौंमा जारी जेनजीहरुको प्रदर्शन चर्किंदै जाँदा राष्ट्रपति कार्यालय शीतलनिवासमा समेत आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजी आन्दोलनकारीहरूले शीतलनिवासको एक भागमा आगो लगाएको छ ।
यसअघि सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको निवास र कार्यालयहरूमा समेत आगजनी र तोडफोडका घटना भइसकेका छन् ।
संसद् भवन परिसरमा समेत जेनजीहरूले सुरक्षाकर्मीको बन्दुक खोसेर गोली पड्काएका थिए । सिंहदरबार आसपासमा सुरक्षाकर्मीहरूसँग झडप भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसबीचमा राजीनामा गरिसकेका छन् । यद्यपि जेनजीहरूको आक्रोश अझै शान्त भइसकेको छैन, र उनीहरूले विभिन्न सरकारी तथा संवैधानिक निकायहरूमा आक्रमण जारी राखेका छन् ।