काठमाडौं । देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र प्रवेश गरेर जेनजीहरुले आगजनी गरेका छन् ।
जेनजीको आह्वानमा भएको प्रदर्शनको दोस्रो दिन केही जेनजीहरु सिंहदरबारको पश्चिमी गेटबाट भित्र प्रवेश गरेर आगजनी गरेका हुन् ।
उनीहरू गेटभित्र रहेको बगैँचासम्म पुगेका थिए । सुरूमा सुरक्षाकर्मीले प्रदर्शनकारीलाई बाहिर निकाले पनि पछि ठुलो समूहभित्र पसेको थियो ।
उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आगजनी गरेका छन् भने सर्वोच्च अदालत र विशेष अदालतमा पनि आगजनी गरेका छन् । जेनजीहरूले पार्टी कार्यालय र नेताहरूको घर लक्षित आन्दोलन गर्दै तोडफोड र आगजनी गरिरहेका छन् ।