काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले जेनजी प्रदर्शनकारीलाई संयमित हुन आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।
उनले लेखेका छन् , ‘हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त जेनजीको आन्दोलन हो । प्रिय जेनजी, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला ।’
बालेनले देशको जनधनको क्षति हाम्रै भएकाले संयमित हुन जरुरी भएको बताएका हुन्।
साथै उनले सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुन आग्रह गरेका छन् ।