धनगढीमा जेनजीहरूको विरोध चर्कियो, मुख्यमन्त्री र प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । धनगढीमा जेनजीहरूले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामाको माग गरेका छन् ।

आन्दोलनमा सहभागी जेनजीहरूले प्रदेश सरकारले भ्रष्टाचारलाई संस्थागत गरेको आरोप लगाउँदै मुख्यमन्त्री शाहको राजीनामा माग गरेका हुन् ।

साथै केन्द्रमा रहेको संघीय सरकार पनि भ्रष्टाचारमा लिप्त रहेको उनीहरूको आरोप छ ।

धनगढीका जेनजीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पनि राजीनामा माग गरेका छन् ।

Share News