काठमाडौं । अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले पदबाट राजीनामामा दिएका छन् । नेकपा एमालेनिकट विद्यार्थी संगठनबाट राजीनामा दिँदै कडरियाले अब नेपाल आमाको सेवामा स्वतन्त्र चिकित्सकको रुपमा घाइतेहरूको उपचारमा खटिने बताए ।
सामाजिक सञ्जाल फेसबुकमा कडरियाले देशभन्दामाथि कुनै संगठन नहुने बताएका छन् । सरकारले जनताको भावना विपरीत आन्दोलनलाई दबाउन खोजिरहेको भन्दै यसको नतिजा भयाभह हुने उनको भनाइ छ ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘ विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक, पथ प्रदर्शक विद्यार्थी संगठनहरुले आज स्कुलले पोशाकमा रहेको विद्यार्थीको प्राण रक्षा समेत गर्न सकेन ।
तसर्थ समग्र हाम्रो पुस्ताले गरेको विद्यार्थी राजनीति असफल रहेको महसुस गर्दै अखिल केन्द्रीय समितिको अध्यक्ष बाट राजीनामा दिएको छु,’ उनले सरकारले जनताको भावना विपरीत आन्दोलनलाई दबाउन खोजिरहेको भन्दै यसको नतिजा भयावह हुने बताएका छन् ।