काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालको कोटेश्वरस्थित निवासमा आगजनी र ढुंगामुढा प्रहार भएको छ ।
मंगलबार दिउँसो जेनजीहरूले नेपाल निवासमा आगजनी र ढुंगामुढा प्रहार गरेका हुन् ।
जेनजीहरूले सोमबार गरेको प्रदर्शनको क्रममा १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानबाट प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ ।