काठमाडौं । ६० जना लेखक र संस्कृतिकर्मीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।
‘जेनजी’ आन्दोलनमा समर्थन जनाउँदै उनीहरूले सरकारले प्रदर्शनकारीमाथि गरेको दमनप्रति चर्को आलोचना गरेका छन् ।
संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले प्रधानमन्त्री ओलीलाई तुरुन्तै पदत्याग गर्न आग्रह गरेका छन् । साथै, सर्वपक्षीय संवादमार्फत आन्दोलनकारीका माग पूरा गर्ने पहल लिन जिम्मेवार राजनीतिक दल र राज्यका निकायलाई समेत आव्हान गरेका छन् ।