काठमाडौं । नेपाली सेनाले भीआईपी नेतालाई सुरक्षित ठाउँमा सार्न थालेका छन् । हेलिकप्टरको प्रयोग गरेर नेपाली सेनाले उनीहरुलाई सुरक्षित ठाउँमा सार्ने तयारी थालेका हुन् ।
। जेनजी प्रदर्शनका क्रममा शीर्ष नेताहरुमाथि आक्रमण हुन थालेपछि सुरक्षाकर्मीले सुरक्षित स्थानमा राख्ने तयारी थालेको बताइएको छ ।
बालुवाटारसहित विभिन्न स्थानमा पटक–पटक सैनिक र निजी हेलिकोप्टर अवतरण गरेका छन् ।
ललितपुरको भैंसेपाटीमा रहेको मन्त्रीहरुको निवासमा अहिले नेपाली सेनाका हेलिकोप्टर पुगेका छन् । नेपाली सेनाका हेलिकोप्टर अहिले त्यहाँ पुगेको प्रहरीले जनाएको छ ।
जेनजीहरूले सोमबार गरेको प्रदर्शनको क्रममा १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानबाट प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ । नेताहरु असुरक्षित रहेको भन्दै हेलिकप्टरको साहयताले उनीहरुलाई सार्न थालिएको हो । साँझ ६ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । सेनाले सुरक्षित ठाउँ भने खुलाएको छैन ।