काठमाडौं । ललितपुरस्थित मन्त्री क्वार्टरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।
‘जेनजी’ आन्दोलनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूको समूहले मन्त्री क्वार्टरमा पुगेर आगजनी गरेको प्रहरीले जनाएको छ ।
आज बिहानैदेखि देशभर आन्दोलन थप चर्किँदै गएको छ । राजधानीमा पनि प्रदर्शनकारीहरूले शीर्ष नेताहरूको निवास र पार्टी कार्यालयहरूमा तोडफोड गर्दै विरोध जारी राखेका छन् ।
सुरक्षा व्यवस्था कडा पारिए पनि प्रदर्शन नियन्त्रणमा आउन सकेको छैन ।