काठमाडौं । देशभर भइरहेको जेनजी प्रदर्शनलाई नेपाली सेनाले गम्भीरताका साथ हेरिरहेको बताएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले पछिल्लो देशमा उच्पन्न आन्दोलनले नेपाली सेनालाई गम्भीर बनाएको प्रतिक्रिया दिएका छन् ।
उनले यस विषयमा नेपाली सेनाले व्यापक रुपमा छलफल गरिरहेको बताएका छन् । उनले अबको रणनीति के गर्ने, कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताएका छन् ।
अहिले देशभर जेनजीले प्रदर्शन गरिरहेका छन् । सोमबारको प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए ।