काठमाडौं । कलंकीमा पनि गोली चलेको छ । प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेपछि प्रहरीले गोली चलाएको हो । गोली चल्दा ४ जना घाइते भएका छन् ।
प्रदर्शनकारीहरूले ठाउँठाउँमा आगजनी र तोडफोड गरिरहेका छन् ।
जेनजीहरूले सोमबार गरेको प्रदर्शनको क्रममा १९ जनाले ज्यान गुमाएका थिए । आज बिहानबाट प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ ।