रास्वपाका सबै सांसदले सामूहिक राजीनामा दिँदै, सडकमा उत्रिन रविको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) सबै सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । अहिले आकस्मिक संसदीय दलको बैठक बसेर सामूहिक राजीनामा दिने तयारी गरेका हुन् । 

अहिलेसम्म असिम साह, सुमना श्रेष्ठ र तोसिमा कार्कीले राजीनामा घोषणा गरिसकेका छन् । 
हिजो सभापति रवि लामिछानेले सबै सांसदहरूलाई सामूहिक राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने भन्दै तयार रहन निर्देशन दिएका थिए । सोही निर्देशन अनुसार रास्वपाका सांसदले राजीनामा दिन लागेका हुन् । 

देशभर जेनजीको आन्दोलन आक्रामक बनेपछि नेताहरूका घर र निवासहरूमा तोडफोड भइरहेको छ । 

Share News